logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • शितल निवास राजनीतिक छलफल गर्ने थलो होइन : भीम रावल 

    शितल निवास राजनीतिक छलफल गर्ने थलो होइन : भीम रावल 

    3.7K
    Shares

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति निवास राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूकाबीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्न नसकिने बताएका छन् ।  उनले नेपालको संविधानले शितल निवासलाई राजनैतिक छलफलको थलोको रुपमा स्वीकार नगरेको बताएका छन् । 

    उपाध्यक्ष रावलले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्, ‘नेपालको संविधानले राष्ट्रपति निवासलाई  प्रतिनिधि सभा वा राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्न राजनीतिक दलहरूका वीच छलफल गर्ने थलोकारूपमा स्वीकार गर्दैन । यस्तो गलत परिपाटीतर्फ संविधान, लोकतन्त्र र कानूनी शासनमा विश्वास गर्ने कसैले पनि लाग्न मिल्दैन ।’ 

    नेपालको राजनीतिमा देखिएको वर्तमान संकटलाई सुरक्षित अवतरण गराउन राष्ट्रपतिले पहलकदमी लिनुपर्ने भन्ने विचारहरु आइरहेका बेला रावलको यस्तो धारणा आएको हो । 

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् । 

    सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि नेकपा एमाले फुटको दिशातर्फ उन्मुख भइरहेको छ । नेता रावल नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षका नेता हुन् ।  

    फागुन २८ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले छुट्टै रुपमा राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।  

                            


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend