‘रोलिंग इन द डीप’ हिटमेकर एडेल र उनका पति सिमोन कोनेकीले आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरेका छन् ।
क्यालिफोर्नियाको उच्च अदालतमा दायर गरिएको सम्बन्ध विच्छेदमा एडेल र साइमनले उनीहरूको आठँ वषिय छोरा एजेलोको संयुक्त रुपमा हेरचाह गर्न पाउनु पर्ने विषयको माग गरेका थिए। उनीहरुको यस मागलाई अदालतले सहमती दिए सँगै यी दुईको सम्बन्ध विच्छेद भएको छ ।
एडेलले सम्बन्ध विच्छेदको लागि दायर गरेको डेढ बर्ष पछि यो फैसला आएको हो। ओस्कार विजेता समेत रहेकी एडेल र उनको पतिले सम्बन्ध विच्छेद गरे वापत एकअर्कालाई कुनै रकम भुक्तान गनुपर्नै छैन् ।