नेटफ्लिक्सको मेगा प्रोजेक्ट ‘बाहुबली विफोर दि विगिनिङ’को छायांकन पूर्ण रूपमा रद्द गरिसकेको छ । नेटफ्लिक्सले यस छायांकन रद्द गर्नको पछाडि फिल्मको बजेट रहेको बताएका छन् । यसअघि एक सय करोडमा बन्ने भनिएको यो सिरिजको बजेट २०० करोड पुर्याइएको छ । फिल्मको गुणस्तरमा कुनै कमि नहोस भनेर बजेट बढाईएको निमार्ण पक्षले बताएका छन् ।
नेटफ्लिक्सले यस ‘बाहुबली विफोर दि विगिनिङ’ को शोलाई ९ एपिसोडहरूमा बनाउने घोषणा गरेका छन्। जसलाई एस एस राजामौलीले निमार्ण गर्नेछन्। यो सिरिजमा शिवगामीको भोगाइलाई देखाउने बताइएको छ । मृणाल ठाकुरले यसको लागि छायांकन पनि गरिसकेकी थिइन् ।
तर, नेटफ्लिक्सले हालसम्म भएका छायांकनलाई रद्द गर्दै बजेट बढाएर छायांकन फेरी सुरु गर्ने जानकारी दिइएको हो। स्रोतका अनुसार पहिले जती पनि छायांकन भएका थिए, यसलाई लिएर नेटफ्लिक्स सन्तुष्ट थिएन । अब, सिरिजका लागि स्क्रिप्ट, स्टारकास्ट र प्राविधिक टिममा फेरि काम हुने बताएका छन् । ‘बाहुबलीः विफोर दि विगिनिङले भारतमा ‘गेम्स अफ थ्रोस’ जस्तै लोकप्रियता हासिल गर्ने विश्वास नेटफ्लिक्सले लिएको छ ।