काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।
बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको नेता केशव झाले जानकारी दिए।
आजको बैठकले सरकारको समीकरणको निर्णय गर्ने तथा दलको नेता र उपनेता चयन गर्ने अपेक्षा गरिएको थियो।