logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • इङ्ल्याण्डविरुद्धको चौथो टि-२० मा भारत विजयी

    इङ्ल्याण्डविरुद्धको चौथो टि-२० मा भारत विजयी

    1.7K
    Shares

    काठमाडौं।  भारतले चौथो टि- २० मा इङ्ल्याण्डमाथि ८ रनको जित हात पारेको छ । 

    अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इङ्ल्याण्डमाथि ८ रनको जित निकालेको हो। जितसँगै ५ खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ।  

    भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो।​ इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए। यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे। भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २र२ विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए । इङ्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए। 

    पहिलो खेलमा इङ्ल्याण्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । अब अन्तिम तथा फाइनल खेल भोलि हुने छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend