logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • छेउमै भेरी, जमिन भने बाँझै

    छेउमै भेरी, जमिन भने बाँझै

    3.3K
    Shares

    डोल्पा । डोल्पाको सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीको छेउछाउमा रहेका खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै छन् । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भएर ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।

    वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँद याममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँद याममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न बाध्य छन् ।

    नलगाड नगरपालिकाको तल्लुवगर, रुकुम पश्चिमको छर्रेबर्गी, अनाह, मन्मै, भेरी नगरपालिकाको रिम्ना, कुदु, आली र भुरचौरलगायत ठाउँमा भेरी नदीबाट सजिलै पानी तान्न सकिने भए पनि कृषकसँग आवश्यक बजेट नहुँदा समस्या भएको मन्मैका कृषक प्रेमबहादुर खत्रीले बताए । लिफ्टिङ प्रणालीबाट पानी तानेर सिँचाइ गर्न सकिने भए पनि आर्थिक हैसियत नभएको जनाउँदै जमिन बाँझो राख्न बाध्य भएको उनले सुनाए ।

    त्यस्तै डोल्पा, रुकुम पश्चिम र सुर्खेतका राकमलगायत ठाउँमा समेत भेरी नदीको पानी तान्न सकिने सम्भावना रहँदै आएको छ । स्थानीय सरकारले ठूला लगानीका योजना सञ्चालन गर्न नसक्ने र केन्द्र सरकारले खासै ध्यान नदिँदा वर्षेनि उत्पादनशील जमिन सिँचाइ अभावमा बाँझै राख्नुपरेको कृषकले पीडा सुनाएका छन् ।

    ‘घरको आँगनबाटै भेरी नदी उर्लिएर बगेको देखिन्छ, तर हाम्रा जमिन पानी अभावमा बाँझै रहँदा मन दुखेर आउँछ, तर के गर्नु हामीसँग पैसो छैन पानी तान्न’, भेरी नगरपालिका–११ का आकाश बटालाले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend