हलिउड अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको सन् २०१४ मा विवाह भएको थियो । उनीहरु फिल्म ‘मिस्टर एंड मिसेज स्मिथु’ को सेटमा एक अर्कासँग नजिकिएका थिए । तर यी जोडिले विवाह भएको दुई वर्षमा नै एक अर्कालाई विभिन्न आरोप लगाएर कानुनी रुपमा नै एकअर्काको विरुद्धमा लडाईँ सुरु गरेका थिए ।
अहिलेसम्म आधिकारिक रुपमा सम्बन्धविच्छेद नभएपनि यो जोडी सन् २०१९ मा अदालतको निर्णय अनुसार एक अर्काबाट अलगजीवन बिताइरहेका छन् ।
यसैबीच, एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । उनले ब्राडले आफूमाथि कुटपिट गर्ने गरेको समेत बताएकी छन् । उनले सम्बन्धमा रहँदा ब्राडले कुटपिट गरेको प्रमाणसहितको कागजात मार्च १२ अदालतमा मा पेस गरेकी छिन् ।