logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • संसदीय दल र केन्द्रीय कमिटीकाे बैठकमा सहभागी नहुने खनाल–नेपाल समूहकाे निर्णय 

    संसदीय दल र केन्द्रीय कमिटीकाे बैठकमा सहभागी नहुने खनाल–नेपाल समूहकाे निर्णय 

    1.7K
    Shares

    काठमाडाैं । नेकपा–एमालेको माधव नेपाल नेतृत्वको समूह शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने भएका छन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बैठक आह्वान गरेका छन् तर दुवै बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नेतृत्वको समूह सहभागी नहुने निर्णय गरेको हो ।

    नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बानेश्वरमा बसेको बैठकले यस्‍ताे निर्णय गरेको एक नेताले जानकारी दिए ।

    अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा आह्वान गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend