काठमाडौं। नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले माधव नेपाल समूह छाडेको घोषणा गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको संसदीय दलको बैठकमा सांसद पोखरेल सहभागी भएका हुन्।
बैठकमा माधव समूह छाडेको घोषणा गर्दै सांसद पोखरेलले प्रधानमन्त्री केपी ओलीको अभियानलाई सहयोग गर्न आफू मुलधारको एमालेमा आएको बताए।
प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको तर सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि र नेकपा एमाले ब्यूँतिएपछि छुट्टै बस्नुपर्ने अवस्थाको अब अन्त्य भएको पोखरेलले बताए।
सांसद पोखरेल चितवनबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।