logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होशियार ! : बाबुराम भट्टराई

    नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होशियार ! : बाबुराम भट्टराई

    2K
    Shares

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली हिटलरको उदय भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले नेपाली हिटलरले पार्टी राज्यको शक्ति आफूमा केन्द्रित गरी सबैमाथि खड्ग चलाउँदै गएकाले होसियार रहन पनि आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ- ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनॅ किनकी म यहुदी थिइनॅस …अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बोलेन किनकी कोही पनि बाँकी थिएन ।’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ । उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होशियार !’

    आइतबार विभिन्न पत्रिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी पन्छाएर अधिकार आफूमा केन्द्रित गर्न लागेको समाचार बाहिरिएपछि नेता भट्टराईले यस्तो ट्वीट गरेका छन् ।

    ओलीले माधव नेपाललगायत नेताहरू अनुपस्थित रहेको शनिबारको केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी हेरफेर गर्ने, नेपाललगायत चारजना नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार लिनेजस्ता निर्णय गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend