logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • झापामा ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

    झापामा ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

    2.2K
    Shares

    दमक । झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ ।

    यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार चार सय ५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार दुई ले मात्र खोप लगाएका छन् ।शिवसताक्षी नगरपालिकाका चार हजार सात सय ४९ ले, गौरादह नगरपालिकाका चार हजार छ सय ५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार सात सय ७३ ले, कनकाई नगरपालिकाका तीन हजार चार सय ९९ ले, कमल गाउँपालिकाका तीन हजार दुई सय ४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

    यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार आठ सय ५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार सात सय २३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार चार सय ५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार एक सय २३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार आठ सय २३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार सात सय ९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार दुई सयले उक्त खोप लगाइसकेका छन् ।

    गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend