काठमाडौं। उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले नलिने भएको छ।
सरकारले उपलव्ध गराउने भनेको सो रकम विपन्न वर्गको उपचारमा खर्च गर्न आग्रह गर्दै जोशीको परिवारले लिन अश्वीकार गरेको हो।
मन्त्रिपरिषदले जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो।
जोशी मष्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत छन।