काठमाडौं। स्वास्थ्य मन्त्रालयले सभा, भेला, जुलुसलगायत नगर्न अपिल गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोनाभाइरसको दोस्रो लहरको जोखिम बढ्न सक्ने भन्दै सचेत रहन अपिल गरेको हो।
‘विगत केहि हप्तादेखि विश्वभरि खासगरि छिमेकी देशहरुमा कोभिड- १९ को संक्रमण बढ्दो क्रममा देखिएको छ। नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्न, सामाजिक र भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुनपानीले राम्रोसंग हात धुने वा सेनिटाइजरको प्रयोग जस्ता जनस्वास्थ्यका मापदण्डहरु समेत पालना गरि संक्रमण रोकथाममा सहयोग गर्न अनुरोध गरिन्छ।’,विज्ञप्तिमा भनिएको छ।