logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • संसदीय समितिका सभापति र सभामुखबीच ८ महिनापछि छलफल

    संसदीय समितिका सभापति र सभामुखबीच ८ महिनापछि छलफल

    2.3K
    Shares

    काठमाडौं । संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधि सभाका सभामुखबीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ ।

    आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेका हुन् । गएको साउन ५ गते पछि  समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । यस छलफललाई समिति सभापतिहरुले नियमित छलफल भएको बताएका छन् । बैठक पछि बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुखसँग छलफल भएको बताए । 

    उनले भने, ‘समितिलाई प्रभावकारी बनाउनु भनेको संसदलाई प्रभावकारी बनाउनु नै हो । र शक्ति पृथकिकरणको सिद्धान्त अनुसार यसलाई कामयावि कसरी बनाउने ? परिणाममुखी कसरी बनाउने, जनमुखी कसरी बनाउने र सिंगो संसदलाई नै प्रभावकारी ढंगबाट कसरी अगाडी बढाउने ? हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरु भएकाले कानुन निर्माँणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? सम्बन्धित सरोकारवालासँग पनि बहस गरेर जाँदाखेरी त्यसका त्रुटीहरु कमी हुन्छ । कानुनको जनताले स्वामित्व ग्रहण गर्ने जनताले मेरो लागि बनेको हो भन्ने खालको कुराहरु पनि हुन्छ भन्ने सम्बन्धमा व्यापक रुपमा छलफल भयो । र हामीले दिनुपर्ने सुझाव, काम गर्ने शिलशिलामा भोगेका जुन अप्ठ्याराहरुलाई पनि सुधार गरेर कसरी जाने भन्ने कुराहरु भए ।’

    सभामुख सापकोटाले सभापतिहरुले राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको पनि सभापति श्रेष्ठले जानकारी दिनुभयो । विगतमा प्रतिनिधि सभाका समितिहरुले एकै विषयमा फरक फरक निर्देशन दिने र अर्को समितिमा विचाराधिन अवस्थामा रहेको विषयमा समेत छलफल चलाएको गुनासो बढे पछि सभामुखले हस्तक्षेप गर्नुपरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend