logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ४० विद्यार्थीलाई कोरोना संक्रमण

    पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ४० विद्यार्थीलाई कोरोना संक्रमण

    2K
    Shares

    पोखरा । पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका होस्टलमा बस्ने ४० जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।  

    शुक्रबार ३२ र त्यसअघि आठ जनामा कोरोना पोजेटिभ देखिएको पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए । उनका अनुसार कसैलाई पनि गम्भीर समस्या भने छैन । उनले भने, ‘सबैलाई छुट्टै राखेका छौँ, केही समस्या परे प्रदेश सरकारको अस्पतालमा राख्न सकिन्छ भनेर महानगर, प्रदेश र जिल्ला प्रशासनबाट भन्नुभएको छ ।’

    क्याम्पसमा पछिल्ला समय जमघट नभएको दाहालले बताए । ‘समुदायमा पहिल्यैदेखि रहेको हुनुपर्छ । अहिले पोखरामा आउजाउ खुल्ला छ । बाहिर आउजाउ गर्ने क्रममा विद्यार्थीलाई लागेको होला । होस्टलमा सँगै बस्ने र टेस्ट पनि भएकाले देखिएको हो,’ उनले भने ।

    एक जना विद्यार्थीले शंका लागेर परीक्षण गराउँदा पोजेटिभ आएको थियो । ती विद्यार्थीले क्याम्पसमा जानकारी गराएपछि अरुको पनि परीक्षण गर्दै जाँदा संक्रमित थपिएका हुन् ।

    ४० जनामा कोरोना संक्रमण देखिएपछि शनिबार क्याम्पसका ६ सय ३० जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आइसकेको छैन । विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहको सबै वर्षको परीक्षा स्थगित गरिएको छ । ३ चैतदेखि गर्ने भनिएको नियमित तथा पुनः परीक्षा विद्यार्थीको आग्रहमा हाललाई स्थगित गरेको थियो ।

    गण्डकी प्रदेशमा आइतबारसम्म १६ हजार ३२४ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार कास्कीका सात, बागलुङका ४, म्याग्दीका दुई र पर्वतका एक गरेर १४ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये १५ हजार ९४३ जना निको भएको र २०५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

    ४० जनामा कोरोना संक्रमण देखिएपछि शनिबार क्याम्पसका ६ सय ३० जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आइसकेको छैन ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend