logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • भारतीयलाई जग्गा बेच्न नमान्दा झा दम्पत्तिको अपहरण !

    भारतीयलाई जग्गा बेच्न नमान्दा झा दम्पत्तिको अपहरण !

    1.7K
    Shares

    काठमाडौं । महोत्तरीका दम्पतीको अपहरणको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले चैत ५ गते सहोडबाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।
     
    १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये रामबाबु यादवको घरमा भेटिएको रगत परीक्षण गर्दा मानव रगत नै भएको प्रमाणित भएको छ । पक्राउ परेकाहरुको पोलिग्राफ टेष्टमा उनीहरुले झुटो बोलेको पाइएको छ ।
     
    रामबाबुसँग हरेन्द्र ठाकुर पनि जोडिएका छन् । ११ फागुनमा प्लटिङ गरेको जग्गामा उपस्थिति भएका उनले राति पटक÷पटक कुराकानी भएको र गतिविधि शंकास्पद देखिएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । 
     
    भारतीय नागरिक हरेन्द्र ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिगाहा जग्गामा प्लटिङ गरेका थिए । प्लटिङको उत्तरतर्फ वेपत्ता भएका मुसाफिर झाको १४ कट्ठा जग्गा थियो । त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले २ बिगाहा जग्गा लिएका थिए । आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको १४ कट्ठा जग्गा किन्न खोजेका थिए । तर झाले जग्गा बेच्न मानेका थिएनन् ।
     
    ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुने गुनासो गर्ने गरेका थिए । उनले झा दम्पतीलाई जग्गा बिक्री गर्न सहमत गराउन रामबाबु यादवलाई समेत प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
     
    यही विवादमा हरेन्द्र, रामबाबुको समूहले झा दम्पतीको अपहरण भएको प्रहरीको दाबी छ । तर झा दम्पतिको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी भइरहेको भक्न्दै प्रहरीले कुनै जानकारी वा सूचना भए जानकारी गराउन अनुरोध गरेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका साथ केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend