logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • समानान्तर गतिविधि बढायो भने एकता कमजोर हुन्छ, घटाउन आवश्यक छ : कृष्णभक्त पाेखरेल

    समानान्तर गतिविधि बढायो भने एकता कमजोर हुन्छ, घटाउन आवश्यक छ : कृष्णभक्त पाेखरेल

    2.5K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेलले  नेकपा एमालेका कार्यकर्ताहरु एमाले, सूर्य चिन्ह र निर्वाचित अध्यक्षको हिसाबले अहिले  केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन्।  

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सरकारको विपक्षमा आवाज उठाएका पोखरेल अहिले नेकपामा केपी शर्मा ओलीको पक्षमा रहेका छन् । उनले एमाले २ ओटा नभएको र एमालेमा मात्र वादविवाद भएकाले समानान्तर गतिविधि चित्त नबुझेको बताए । उनले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसका लागि संसदीय दलको बैठकमा बस्नुपर्ने भएकाले आफू संसदीय दलको बैठकमा गएको बताएका छन् । 

    लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका सबैजना फेरि मिलेर जानुपर्ने र प्रधानमन्त्री समेत रहेका अध्यक्षले अभिभावकत्व निर्वाह गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘समानान्तर गतिविधि बढायो भने एकता कमजोर हुन्छ त्यसकारण यो घटाएर लैजान आवश्यक छ ।’

    हेर्नुहोस् भिडियो :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend