logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पदाधिकारी बैठकमा देउवाले भने : अवस्था परिपक्व नभएसम्म अघि सर्नु उचित हुँदैन 

    पदाधिकारी बैठकमा देउवाले भने : अवस्था परिपक्व नभएसम्म अघि सर्नु उचित हुँदैन 

    2.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ सरकार निर्माणका लागि अवस्था परिपक्व नभएसम्म अघि बढ्न नहुने बताएका छन् । 
    सोमबार पार्टी कार्यलय सानेपामा बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् । 
    उनले नयाँ सरकार निर्माणका लागि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिइनसकेको अवस्था र जनता समाजवादी पार्टीको पनि ठोस निर्णय नआइसकेकाले नयाँ सरकार निर्माणका लागि अवस्था परिपक्व नबनेको बताएका हुन् । 

    बैठकमा सत्ता समीकरणमा केन्द्रित भएर छलफल नभएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार बैठकमा सत्ता समीकरणका बारेमा भन्दा पनि पार्टीको महाधिवेशनका बारेमा छलफल केन्द्रित भएको थियो । 

    फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापित गरेको सर्वोच्च अदालतले फागुन २३ मा नेकपाको एकता भंग गरिदिएपछि संसद भित्रको अंकगणितमा भएको फेरबदलले नयाँ सरकार गठनको प्रकृया लम्बिदै गएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend