काठमाडौं । कांग्रेसको पदाधिकारी बैठकमा सत्ता समिकरणबारे कुनै छलफल नभएको नेता रमेश लेखकले बताएका छन् । सरकारको नेतृत्व लिन पार्टी तयार रहेको तर त्यसका लागि परिपक्क अवस्था भइनसकेको उनले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता लेखकले भने, ‘परि आयो भने बैकल्पिक सरकार दिन हामी तयारै छौं । तर अहिले स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसजस्तो पार्टीले परिपक्व निर्णय लिनुपर्छ ।’ बैठकमा पार्टीको क्रियाशील सदस्यताबारे छलफल भएको उनले बताए ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको उपस्थिती रहेको थियो ।