logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्थायी कमिटी बैठक अघि माओवादी केन्द्र र कानुन व्यवसायीबीच छलफल

    स्थायी कमिटी बैठक अघि माओवादी केन्द्र र कानुन व्यवसायीबीच छलफल

    1.5K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्नुअघि कानुन व्यवसायीसँग छलफल गरेको छ ।

    सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादीले विश्वासको प्रस्ताव, समर्थन फिर्ता, नेकपाबारे सर्वोच्चले गरेको फैसला र अहिलेको सरकारको हैसियतबारे कानुन व्यवसायीहरुसँग छलफल गर्दै सुझाव मागेको हो । 

    कानुन व्यवसायी समेत रहेका सांसद रामनारयण बिडारीका अनुसार सबै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे कानुनी व्यवसायीले सुझाव दिएका छन् ।

    अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ ? समर्थन फिर्ता कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? भन्ने बारे छलफल गरिएको उनले बताए । 

    कानुन व्यवसायीसँगको छलफलपछि माओवादीको स्थायी समिति बैठक बसिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend