काठमाडौं। फागुन २३ गते सर्वोच्च अदालतले गरेको नेकपा एकता भंग गर्ने फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ ।
कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा जाने भएको हो ।
मंगलबार बिहान सिंहदरबारमा कानून व्यवसायीहरुसंग छलफल गरि सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिए।
गुरुङका अनुसार आज सिंहदरबारमा स्थायी कमिटीका सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए। छलफलमा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायत सहभागी रहेका थिए।
गत फागुन २३ गते नेकपा एकता विभाजन गर्ने फैसला गरेपछि एमाले र माओवादी केन्द्र पहिलेकै अवस्थामा फर्किएका थिए।