logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • यो सरकार रहेसम्म संसदको तिरस्कार, अपमान र उपेक्षा भइरहन्छ : गगन थापा 

    यो सरकार रहेसम्म संसदको तिरस्कार, अपमान र उपेक्षा भइरहन्छ : गगन थापा 

    2K
    Shares

    काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले यो सरकार रहेसम्म संसदको तिरस्कार, अपमान र उपेक्षा भइरहने बताएका छन् ।

    मंगलबारको संसद बैठकमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसदबाट बदला लिन खोजेको आरोप लगाए । उनले भने ‘जतिदिनसम्म यो सरकार रहन्छ संसदको तिरस्कार अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ, किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’

    उनले प्रधानमन्त्रीको यो कदमको जनताले मूल्यांकन गर्ने पनि बताए । यो सांसदको अपमानमात्र होइन जनताले दिएको मतको अवमूल्यन भएको पनि प्रष्ट पारे । 

    थापाले प्रधानमन्त्री ओलीले अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने बनाउनका लागि संसद कामविहीन थियो भन्ने प्रपञ्च रचिरहेको दाबी पनि गरे । उनले भने ‘कहिले प्रश्न छल्न हठात् बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने बनाउनका लागि संसद कामविहीन थियो भन्ने प्रपञ्च ।’

    बैठकमा बोल्दै थापाले एसिड आक्रमण नियन्त्रण गर्न कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने, कानुन बनाउनका लागि राष्ट्रिय सभाको बैठक पनि नबोलाउने ? अनि काम गर्न दिइएन भन्दै हिँड्ने भनी प्रश्न पनि गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend