logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • वार्ता सकारात्मक, केपी ओलीले काम अगाडि बढाएपछिमात्रै निर्णय गर्छौँ : लक्ष्मणलाल कर्ण

    वार्ता सकारात्मक, केपी ओलीले काम अगाडि बढाएपछिमात्रै निर्णय गर्छौँ : लक्ष्मणलाल कर्ण

    3.5K
    Shares

    जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताएका छन् । माग पुरा गर्ने आश्वासन आएको भएपनि देखिने गरी काम नभएको उनले बताएका हुन् । 
    छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले बताए । 

    उनले भने, ‘हामी गएका थियौँ । हामीले त्यहाँ ४ वटा विषयहरु उठाइरहेका छौँ । जुन हाम्रो माग हो । त्यो मागलाई आश्वासन अस्तिदेखि पाइराख्या छौं । भन्या पनि हो पोजेटिभ कुरा चलिराखेको छ । तर देखिने गरी काम आएकै छैन । काम हुनुपर्‍याे  । उहाँहरु सहयोग मागिराख्नुभएको छ भने आज पनि हाम्रो छलफलमा, काममा हेर्नुपर्‍याे । काम गरेर देखाउनुपर्‍याे । त्यसपछि मात्रै हामी निर्णय गछौँ भन्नेकुरा गर्‍याैँ । उहाँले देखाउँछु भन्नुभएको छ हेर्दै जाउँ ।’

    जसपा भित्र महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण सहितका पूर्व राष्ट्रिय जनता पार्टीका नेताहरु ओली सरकारलाई नै सघाउने मानसिकतामा रहेको देखिएको छ । जसपा भित्र उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका नेताहरु भने ओली पक्षलाई सघाउन नसकिने बताउँदै आएका छन् । 

    जसपाले रेशम चौधरीलाई रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु राखेको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend