काठमाडौं । नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको दाबी गरेका छन् । उनले रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको दाबी गरेका हुन् ।
मंगलबार जसपा नेताहरुसँगको छलफलपछि उनले भने, ‘कुनैपनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरुले कुनैपनि शर्तबन्दी राख्नुभएको छैन । हामीबीचमा कुनैपनि शर्तबन्दी छैन । रेशम चौधरी, मधेस आन्दोलन लगायतका विषयमा उहाँहरुले भन्नुभएको छ । सत्ता साझेदारी गर्नेकुरा त्यहाँ उठिरहेको छैन ।’