काठमाडौं । नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि ५ बुँदे स्पष्टीकरण साेधेकाे छ ।
महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा पार्टी एकताविरोधी भेला गर्नुको कारण र भेलाबाट एकताविरोधी प्रस्ताव पारित गर्नु गराउनुको कारण के हाे ? भनी साेधिएकाे छ।
यस्तै, स्पष्टीकरणपत्रमा पाण्डेलाई पार्टीका बैठकमा सहभागी हनुको साटो पार्टी तथा जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरुपयोग गरी प्रचण्डकाे मतियार भएर काम गरेकाे आरोप पनि लगाइएको छ । उनीमाथि नेकपा एमाले विभाजन गर्न खोजेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन खाेजेकाे भनी यी सब गराउनुकाे कारण के हाे ? भनी जवाफ माग गरिएकाे छ ।
यी सबै प्रश्नकाे लिखित जवाफ तीन दिनभित्रमा दिन भनिएकाे छ । स्पष्टिकरण साेधेकाे दुई दिन बितिसकेकाे छ । उक्त पत्रमा तीन दिनभित्रमा स्पष्टीकरणसहित लिखित जवाफ प्रस्तुत नगरे पार्टीकाे विधान र नियमावली अनुसार कारबाही गरिने पनि बताइएकाे छ ।