कञ्चनपुर । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा विभिन्न गतिविधिमा रोक लगाइएको छ।
आज राति १२ बजेदेखि लागू हुन गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होली, मेला, महोत्सव, जात्रा आदिमा भीडभाड हुने कार्य गर्न रोक लगाएका छन् ।
त्यस्तै बैठक, गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने भएको छ ।