काठमाडौं। प्रदेश १ का मूख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ।
केहिबेरअघि सम्पन्न नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकले मूख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई फिर्ता लिन निर्देशन दिएको हो।
अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन माधव नेपाल समूहका दुई जना सांसद पनि बैठकमा सहभागी भएका थिए।
सर्वोच्च अदालतको फैसला अनुसार माओवादी केन्द्र र एमाले ब्युँतिएपछि पहिलोपटक प्रदेश संसदीय दलको बैठक बसेको हो ।