काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहले केन्द्रीय सदस्यहरुको बैठक डाकेको छ। भोलि (शुक्रबार) ११ बजेका लागि उक्त समूहले बैठक बोलाएको हो।
पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
यसअघि एमाले अध्यक्ष केपी ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए।
वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोधिएको थियो।