काठमाडाैं । नेकपा–एमालेमा उपाध्यक्ष भीम रावलले पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रतिप्रश्न गरेका छन् । रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावलले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन् ।
उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो ।
यस्तो छ रावलले पार्टीमा बुझाएको स्पष्टीकरणको पूर्णपाठ :