काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठकको आह्वान गरेका छन् । खनाल–नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ भने अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो ।
यद्यपी बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल(नेपाल समूहले बताइसकेको छ ।
संसदीय दलको बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार साँझ खनाल(नेपाल समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिइसकेका छन् ।