logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रदेश–१ सरकार बिस्तार हुँदै, गुट फेरेर प्रधानमन्त्री ओलीतिर लागेका टंक र उषाकला मन्त्री बन्दै

    प्रदेश–१ सरकार बिस्तार हुँदै, गुट फेरेर प्रधानमन्त्री ओलीतिर लागेका टंक र उषाकला मन्त्री बन्दै

    2.1K
    Shares

    काठमाडौं  । प्रदेश -१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । थपिने नयाँ मन्त्रीहरुको अपरान्ह १ बजे सपथग्रहण हुने जनाइएको छ ।

    मन्त्रिपरिषद बिस्तारमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् । नेकपा विवादमा लामो समय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालनिकट राई र उनका श्रीमान शेरबहादुर तामाङ हालैमात्र गुट परिवर्तन गरि प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् ।

    अहिले राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन् । 

    अर्को साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend