काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ।
कोटेश्वरस्थित एक जना व्यापारीको घरमा उनीहरुबीच शुक्रबार बिहान झन्डै २ घण्टा गोप्य वार्ता भएको हो। नेपाल र प्रचण्डबीच बिहीबार पनि भेटवार्ता भएको थियो।
प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन्।
दलको बैठकअघि एमालेको खनाल–नेपाल समूहले बैठकमा सहभागी हुने या नहुने भन्ने बिषयमा छलफल गर्न दिउँसो १ बजे सांसदहरुको छुट्टै भेला बोलाएको छ।
एमाले संसदीय दलको बैठक बस्नुअघि नेपाल र प्रचण्डबीच भएको लगातारको वार्तालाई महत्वका साथ हेरिएको छ।