विराटनगर । प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन्।
आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरणमन्त्री राजकुमार ओझाले सपथ ग्रहण गरे।
उनीहरुलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।