काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद बिस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईले शुक्रबार चार जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई सपथ गराएका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका टंक आङबोहाङ अर्थमन्त्री बनेका छन् भने उषाकला राई सामाजिक विकासमन्त्री नियुक्त भएकी छिन् ।
त्यसैगरी राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्री बनाइएको छ । उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।