काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । शनिबार बिहान ११ : ३० बजे आकस्मिक बैठक बोलाइएको हाे ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बाेलाइएकाे हाे । बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ। बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ ।
यस्तै, श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । फागुन १४ गते मस्तिष्कघात भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो । जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।