काठमाडौं। बालुवाटारको ललितानिवास प्रकरणमा पूर्व(प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको पेशी आज तोकिएको छ।
न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सो मुद्दाको पेशी तोकिएको हो। यसअघि यो मुद्दा पेशीमा चढेर स्थगित हुँदै आएको थियो।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो ।
तर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले आयोगको निर्णयलाई चुनौति दिँदै नेपाल र भट्टराईविरुद्व पनि मुद्दा दायर हुनुपर्ने माग गरेर रिट दायर गरेका थिए ।
नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो ।