काठमाडौं। पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले अग्राधिकारप्राप्त रिटको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । सोमवार सो मुद्दामा सुनुवाई गर्दै अदालतले दुवै मन्त्रिपरिषदका विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मन्त्रिपरिषदका निर्णयमा प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन नमिल्ने जनाएको थियो ।