काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गर्ने तयारी गरेको छ ।
नेकपा नाम ऋषि कट्टेललाई दिने फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । सोही फैसलाको पुनरावलोकन माग गर्दै मंगलबार बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू निवेदन लिएर अदालत जाने राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले जानकारी दिए । बिडारी कानुन व्यवसायीसमेत हुन् ।
यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर पुनरावकलोमा जान सुझाव दिएका थिए ।