logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ओलीले नेपाल र रावललाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल समूहले बोलायो स्थायी समिति बैठक

    ओलीले नेपाल र रावललाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल समूहले बोलायो स्थायी समिति बैठक

    1.8K
    Shares

    काठमाडौं।  नेकपा एमालेको खनाल-नेपाल समूहले स्थायी समिति बैठक बोलाएको छ।  

    पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको लागि निलम्बन गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो। 

    बैठकमा ओलीको उक्त कदमपछि आफ्नो समूहको आगामी  रणनीतिबारे छलफल हुने बताइएको छ। 

    अध्यक्ष ओलीले नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्य नै नरहने गरि निलम्बन गरेका थिए। 

    उता नेपाल र रावलले भने अवैधानिक रुपमा गरेको कारबाही स्वीकार्य नहुने बताएका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend