काठमाडौं। सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड न्यायिक पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन् ।
सर्वोच्चले फागुन २३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने फैसला गरेको थियो। पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो।
फैसलासँगै एक भएका दुई पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।
प्रचण्ड पुनरावलोकन गर्ने या नगर्ने भन्नेबारे कानूनविदसंग परामर्श गरेका थिए। पुनरवलोकन गर्न सुझाव दिएपछि प्रचण्ड सर्वोच्च पुगेका हुन्।