logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : तपाईँ दण्डित हुने निश्चित छ (पत्रसहित)

    ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : तपाईँ दण्डित हुने निश्चित छ (पत्रसहित)

    2.2K
    Shares

    काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। 

    स्पष्टीकरणको ११ पन्नामा जवाफ दिँदै भुसालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टीलाई विभाजनतर्फा धकेलेको आरोप लगाएका छन्। 

    उनले कुनै शत्रु देशका नागरिकलाई पठाइएको जस्तो पत्रको जवाफ दिन आवश्यक नरहेको भए पनि केपी ओलीले लगाएका आरोप कति मिथ्या र पूर्वाग्रही छन् भन्ने कुरा पार्टी पंक्तिलाई जानकारी गराउन स्पष्टीकरण पत्रको जवाफ लेखेको बताएका छन्।

    ‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ रु पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्’, उनको पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड १ यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’ उनले भनेका छन्।

    हेर्नुस् पत्र 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend