logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सत्ता भन्दा ब्यवस्थालाई महत्त्व दिउँ, ब्यवस्था नभए सत्ता त कता पुग्छ कता : वरिष्ठ नेता पौडेल 

    सत्ता भन्दा ब्यवस्थालाई महत्त्व दिउँ, ब्यवस्था नभए सत्ता त कता पुग्छ कता : वरिष्ठ नेता पौडेल 

    2.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको राजनीतिक अवस्थाप्रति चिन्ता ब्यक्त गरेका छन् । मंगलबार रिपोर्टस् क्लबले काठमाडोैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले ७० वर्ष लडेर ल्याएको वर्तमान ब्यवस्थामा विकृती देखिएको भन्दै यस्तो अवस्थामा जनअधिकारको रक्षा कसरि गर्न सकिन्छ भन्ने विषयमा चिन्ता ब्यक्त गरेका हुन् । 

    कार्यक्रममा बोल्दै उनले भने, ‘मेरो अहिलेको मुख्य चिन्ता, मलाई के लाग्दछ भने, देशमा यो ७० वर्ष लगाएर लडेर ल्याएको यो बहुलवादमा आधारीत संसदीय राजनीतिक प्रणाली, संघीय लोकतान्त्रीक गणतन्त्र र यो समावेशी लोकतन्त्र आज एकपटक अदालतबाट बँचेको छ । तरपनि यो विकृतीबाट बँच्न सकिरहेको छैन । फेरि विकृती देखापरेको छ । संसदलाई वास्तै नगर्ने, जनआवाजलाई मतलवै नराख्ने, नैतिकताको ख्यालै छैन, यस्तो किसिमको नैतिक पतन यो राष्ट्रको जो बनाईँदै छ यसबाट कसरि जनअधिकारको रक्षा हुने हो ?’

    अहिले नेपाली राजनीतिमा देखिएको नैतिक पतन बाट देशको राजनीति बँचोस भन्ने आफ्नो चाहना भएको पनि उनले बताए ।

    नेता पाैडेलले पछिल्लो समय नेपालकाे  राजनीति दलका शीर्ष नेताहरुको कब्जामा रहेको र उनीहरुको ध्यान सत्तामा मात्र रहेको बताए ।

    कार्यक्रममा बाेल्दै उनले सत्ता भन्दा ब्यवस्थालाई महत्त्व दिनुपर्नेमा पनि जोड दिए । उनले भने, ‘सत्ता भन्दा ब्यवस्थालाई महत्त्व दिउँ । ब्यवस्था नभए सत्ता त कता पुग्छ कता ।’  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend