काठमाडौं। नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन केहि दिन फिर्ता नलिने भएको छ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले वर्तमान सरकारलाई समर्थन कायम राख्न नसकिने तर यसबारे केहि दिनमै अन्तिम निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
केही प्राविधिक विषय बाँकी रहेकाले पत्र पठाएर समर्थन फिर्ताको निर्णयमात्रै नगरेको श्रेष्ठले बताए।
‘हामी यो संसदलाई पुरा अवधि क्रियाशिल बनाउन चाहान्छौं। यही कारणले मात्रै हामीले औपचारिक रुपमा सर्मथन फिर्ता छ भनेर लेखेर दिनुभन्दा अगाडि सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आँकलन गर्ने काम गरिराखेका छौं।’ बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्दै श्रेष्ठले भने।