logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित (पत्रसहित)

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित (पत्रसहित)

    4.8K
    Shares

    काठमाडौं। नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारवाही गरेको छ।  दुवै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो। 

    पार्टीले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिएपछि पाण्डे र भुसाललाई कारवाही गरेको हो। 

    यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सो कारबाही गरिएको थियो।

    गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

    1.jpg

    2.jpg

    3.jpg4.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend