काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीले पार्टीलाई गुटमा बदलेको आरोप लगाएका छन्। भुसालसंगै नेता सुरेन्द्र पाण्डेलाई एमालेबाट ६ महिनाका लागि निलम्बन गरिएपछि भुसालको यस्तो प्रतिक्रिया आएको हो।
ट्वीट गर्दै भुसालले ओली गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप समेत लगाएका छन्।
उनले भनेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’
‘उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’ उनले थप लेखेका छन्।
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । +
— Ghanashyam Bhusal (@gsbhusal) April 1, 2021