logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रचण्डको माग सर्वोच्चले अस्वीकार गरेपछि सुर्य थापाको व्यङ्ग्यः ‘निवेदक महोदयप्रति सहानुभूति छ’  

    प्रचण्डको माग सर्वोच्चले अस्वीकार गरेपछि सुर्य थापाको व्यङ्ग्यः ‘निवेदक महोदयप्रति सहानुभूति छ’  

    2.5K
    Shares

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने फागुन २३ को फैसलामा पुनरावलोकन नहुने फैसला गरेको छ । यो फैसलासँगै केपी ओली पक्ष निकै उत्साहित भएको छ । यसैक्रममा प्रधनमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्डप्रति व्यङ्ग्य गरेका छन् । 

    बिहीबार सर्वोच्चको फैसला आए लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्ड तनाव मुद्रामा देखिने तस्विर राख्दै उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास  मनाउने परम्परा त छैन नै ।  तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिं छ–  सम्हालिनुहोस र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैले भाँड्न चाहेको एकता कति प्यारो ?’ 

    प्रचण्डले मंगलबार फागुन २३ को फैसलामा पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।   

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend