काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमा अनुमति नदिएपछि प्रवक्ता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन्।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रेष्ठले अदालतले एक पछि अर्को राजनीतिक फैसला गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। उनले अदालतले पुनरावेदनका लागि अनुमति नदिने भनि गरेको निर्णयमा तिब्र असहमति रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ।अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ।जागौं।’
सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ।अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ।जागौं।
— NKShresthaPrakash (@nksthaprakash) April 1, 2021