काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल(झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक बस्दैछ। कलंकीस्थित मेगा बैंक्वेटमा आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूइतर समूहका नेताहरुलाई धमाधम कारबाही गर्दै निलम्बन गर्न थालेपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि आक्रामक बन्न थालेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी रूपमा विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि नेपाल-खनाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा जुटेको छ।
नेपाल समूहले पनि गण्डकी प्रदेशमा समानान्तर संरचना निर्माण गरिसकेको छ । देशभरी नै समानान्तर संरचना बनाउने यो समूहको तयारी छ ।