काठमाडाैं । शुक्रबार मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत फागुन २० गते विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुकलाई आवेदन दिन माग गरेको थियो । जसमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईंले निवेदन दिएका थिए ।
यस्तै, सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।