logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • विवेकशील साझा पार्टीले गर्यो युवा संगठन समायोजन, २०७८ आश्विनमा प्रथम महाधिवेशन सम्पन्न गर्ने

    विवेकशील साझा पार्टीले गर्यो युवा संगठन समायोजन, २०७८ आश्विनमा प्रथम महाधिवेशन सम्पन्न गर्ने

    2.1K
    Shares

    काठमाडौं।  विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई ‘विवेकशील साझा युवा संगठन’ गठन भएको हो।

    समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधीकारी, केन्द्रीय सचिवालयमा  २८ जना र केन्द्रीय समितिमा ६६  जना सदस्य रहनेछन्। प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने र २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। 

    समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा  विवेकशील साझा युवा संगठन उभिने बताए। 

    पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजन प्रती खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताए । उनले यस समायोजनले युवा संगठनलाई देशव्यापी विस्तार गर्न सुसँस्कृत राजनीति कल्याणकारी लोकतन्त्र स्थापित गर्न र नेपालको राजनीतिक रुपान्तरणमा इटा थप्ने विश्वास व्यक्त गरे। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend